Logo
१४ वैशाख २०८१, शुक्रबार

सांसद भएपछि देश हाँक्ने मेरो संकल्प हो : महामन्त्री थापा

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०९:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।

काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि, संसदीय दलको निर्वाचन जित्ने र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने संकल्प रहेको बताएका हुन् ।

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले बदलाव आए कांग्रेसभित्र मात्रै आउने दाबी गरे । महामन्त्री थापाले काठमाडौं–४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् ।

त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उनले भने, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’

मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाडौं–४ का मतदातालाई हेक्का रहेको उनले बताए ।

काठमाडौं–४ का मतदाताले आफ्नो संकल्प पूरा गर्ने आधार दिने विश्वास रहेको उनले बताए ।