Logo
११ वैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवाले गरे मतदान

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ११:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन ।

प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।

उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुन् । आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’