Logo
१५ चैत्र २०८०, बिहीबार

निर्वाचनकै दिन विदेशिदै युवा

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ११:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक आइतबार बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि मतदान सुरु भएको छ ।

पाँच वर्ष शासन गर्ने प्रतिनिधि छान्नका लागि भइरहेको यो निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा रहेका अधिकांश मानिस आफ्नो मतदाता नामावली भएको स्थानमा फर्किसकेका छन् । तर, धेरै युवा भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निर्वाचनकै दिन वैदेशिक रोजगारका लागि विदेश जाँदै छन् ।

राष्ट्रिय उत्सवका रुपमा मनाइने यो निर्वाचनमा भाग लिन नसक्ने पेसा र व्यवसायमा रहेका धेरैले भने अझै पनि मतदान गर्न सक्ने नेपालमा अवस्था छैन् ।

सरकारी सेवामा रहेर निर्वाचनको प्रक्रियामा खटिनुपर्ने पेसामा रहेकालाई पनि सरकारले पूरै देश एउटै निर्वाचन क्षेत्र मानेर गरिने समानुपातिक निर्वाचन प्रणालीमा माध भाग लिन पाउने व्यवस्था गरिएको छ ।

यसका लागि सम्बन्धित मानिसको मतदाता नामावलीमा भने नाम हुनुपर्छ । सरकारी सेवामा रहनेले पनि यो सूचना पहिले नै नपाउँदा अस्थायी मतदान केन्द्रमा मतदान गर्न नाम लेखाउन छुटेको धेरैको गुनासो छ ।

सरकारी सेवामा रहेर काम गर्नेलाई समानुपातिकतर्फको मतदान गर्न दिने व्यवस्था हुँदा निजी सेवामा हुनेलाई वेवास्ता गरिएको छ ।

नेपालमै रहेका र मतदाता नामावलीमा नाम भएर पनि मतदान गर्न नपाउने देशभर हजारौँ मतदाता छन् । विदेशमा बस्ने नेपालीले समेत मतदान गर्न पाउनुपर्ने माग भइरहेका बेला देशमै रहेर एक थरीले मतदान गर्न पाइरहेका छैनन् ।

अझ चुनावकै मुखमा परिवारको जोहो टार्नकै लागि विदेश जानेको लर्को छ । सरकारी सेवा र कारागारमा रहेकालाई अस्थायी मतदान केन्द्रको स्थापना गरेर समानुपातिकतर्फको मतदान गर्ने व्यवस्था गरिँदा निजी क्षेत्रका यस्तै काममा रहनेलाई भने छुटाइएको छ ।

सामा रहने कतिलाई भने आफू रहेकै ठाउँबाट फोटो खिचाएर आफ्नो स्थायी ठेगाना भएको स्थानमा मतदाता नामावली दर्ता गराउन सकिन्छ भन्ने शिक्षासमेत दिन सकेको छैन् । सबै पेसा र व्यवसायमा लागेकाको पनि जनप्रतिनिधि चुनिने भएकाले उनीहरुलाई पनि यो प्रक्रियामा सहभागी गराउन ढिला गरिनुहुँदैन ।