Logo
७ वैशाख २०८१, शुक्रबार

सुनसरीको बर्जु मतदान केन्द्र नजिकै विष्फोट हुँदा एक बालिका घाइते

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार १२:११ मा प्रकाशित

सुनसरी ४ मंसिर। सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट हुँदा एक बालिका घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार संकास्पद बस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएको जानकारी दिए ।

बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विष्फोट भएको हो । विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो ।

सुनसरीका प्रहरी उपरीक्षक ढकालका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो ।