Logo
१५ मंसीर २०७९, बिहीबार

पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०१:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन निर्देशन दिएको छ ।

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।

मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।