Logo
१३ वैशाख २०८१, बिहीबार

मतदान स्थलमा जे देखियो (फोटो फिचर) !

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०२:११ मा प्रकाशित

काठमाडौं ४ मसिंर। आइतबार बिहान ७ बजेदेखि देशभर प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि मतदान जारी छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो पौने एक बजेसम्म करिब ३२ प्रतिशत मतदान भएको जानकारी दिएको छ । मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

देशभरका केही स्थान बाहेक धेरै स्थानमा शान्ति पूर्वक मतदान भइरहेको जनाएको छ । निर्वाचनमा १ सय १६ वर्षसम्मका बृद्धाले मतान गरेका छन् ।

देशभरका मतदान स्थलमा देखिएका केही दुश्यहरु-

 

पूर्वी नवलपरासीको कावासोती–६, विष्णुनगरस्थित जनता माध्यामिक विद्यालय मतदान केन्द्रमा अशक्त व्यक्ति मतदान गरेर घर फर्किदै ।

 

सरस्वती मावि विराटनगर–९ मा मतदान गरेर बाहिरिँदै मुस्लिम युवती ।

तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै किरियापुत्री कृष्णबहादुर घर्ती ।

 

आमनिर्वाचन भएका कारणले अत्यावश्यकको सवारीसाधनबाहेक अरु सवारी चलाउन रोक लगाउँदा काठमाडौँस्थित सिंहदरबार भद्रकाली सडकको जेब्राक्रसिङबाट सडक पार गर्दै सर्वसाधारण । 

 

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पर्ने काडाँघारीको गान्धी आर्दश उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि उत्साहित महिला मतदाता।

 

काठमाडौं क्षेत्र नम्बर ४ स्थित मैतिदेबी मतदान केन्द्रमा नेपालको लागी अमेरिकी राजदुत Dean R. Thompson (डिन आर. थोम्पसन) मतदान स्थल अवलोकन गर्नुहुदै ।

 

पाल्पा रामपुर नगरपालिका-५ स्थित रामतुलसी माविको मतदान केन्द्रमा मतदान गर्न काखमा बच्चा बोकेर जाँदै गरेकी महिला ।