Logo
१९ वैशाख २०८३, शनिबार

मनाङमा खस्यो करिब ७१ प्रतिशत मत

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०४:११ मा प्रकाशित

मनाङ ४ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो।

“दिउँसो सवा तीन बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ”, उनले भने।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। यहाँ कुल ६ हजार सात सय ७९ मतदाता छन्।

तस्वीर : नलगाड नगरपालिका–८ जिकुवा मतदान केन्दमा मतदान  गर्दै मतदाता।