Logo
१४ असार २०८३, आईतबार

कैलालीमा ८ घन्टामा ४० प्रतिशत मतदान

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०४:११ मा प्रकाशित

कैलाली ४ मंसिर। कैलालीमा दिउँसो सवा ३ बजेसम्म ४० प्रतिशत मत खसेको छ।

प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरी झण्डै सो मत खसेको हो।

जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन्। आज दिउँसो ३ः१५ सम्म जिल्लामा ४० प्रतिशत मत खसेको उनले बताए।

कैलालीमा पाँच प्रतिनिधिसभा सदस्य र १० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

ट्रेन्डिङ ( साप्ताहिक )