Logo
१५ चैत्र २०८०, बिहीबार

डोटीमा खस्यो जम्मा ५१ प्रतिशत मत

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०७:११ मा प्रकाशित

डोटी । आज सम्पन्न निर्वाचनमा डोटीमा जम्मा ५१ दशमलव १७ प्रतिशत मत खसेको छ।

डोटीमा कूल मत १ लाख २४ हजार ८ सय ७० भए पनि आज सम्पन्न मतदानमा ६४ हजार ५८ मत मात्रै खसेको छ।

जसमध्ये पुरुषको मत महिला मतभन्दा कम छ। पुरुषको २७ हजार ४ सय ५७ मत खसेको छ भने महिलाको मत ३६ हजार ६ सय १ छ।