Logo
२८ जेठ २०८३, बिहीबार

विश्वकप : इरानबाट दैनिक २५० टन खाद्यान्न कतारमा निर्यात

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ०६:११ मा प्रकाशित

एजेन्सी। इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले जानकारी दिएका छन्।

इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी सुरु गरिसकेको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य लक्ष रहेको पेमनपाकले जोड दिएका छन्।

पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन।

उनले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई ३ अर्ब अमेरिकी डलरमा पु¥याउने रोडम्याप तयार गरेको पनि बताए।

ट्रेन्डिङ ( साप्ताहिक )