Logo
१६ चैत्र २०८०, शुक्रबार

बाँके-२ मा ईश्तियाकसँग फराकिलो अग्रता बनाउँदै धवलशमशेर

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार १०:११ मा प्रकाशित

६ मंसिर, बाँके। बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग फराकिलो अग्रता बनाइरहेका छन् ।

राणा १३ हजार ३५१ मतसहित अग्रस्थानमा रहँदा जसपाका राईले ८ हजार ५३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले १ हजार ७५१ मत प्राप्त गरेका छन् ।

धवलशमशेर एमाले गठबन्धनका र सुदीप सत्ता गठबन्धनका उम्मेदवार हुन् । गठबन्धनका दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा जसपाका राईलाई जित जोगाउन मुस्किल हुने देखिएको छ ।