Logo
२० मंसीर २०७९, मंगलबार

समानुपातिकमा एमालेलाई अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार १०:११ मा प्रकाशित

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता बनाउँदै लगिरहेका बेला समानुपातिकमा भने एमाले अगाडि देखिएको छ । प्रारम्भिक मतगणना अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले ६२ हजार १६९ मतसहित अगाडि छ भने कांग्रेस ५५ हजार ३४२ मतसहित पछ्याइरहेको छ ।

प्रारम्भिक रुझानमा माओवादी केन्द्रभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको मत २७ हजार ७७२ पुग्दा माओवादी २४ हजार ३७५ मतसहित चौथो स्थानमा छ । पाँचौमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी १४ हजार १३५ मतसहित कायम छ।

जसपाभन्दा अगाडि जनमत पार्टी

जसपा ४ हजार ६७८ मतसहित छैटौं स्थानमा छ भने सिके राउत नेतृत्वको जनमत पार्टी ४ हजार ५९३ मतसहित पछ्याइरहेको छ । नेपाल मजदुर किसान पार्टीको मत ४ हजार १५२, नेकपा ९एकीकृत समाजवादी० को २ हजार ७२३ र लोकतान्त्रिक समाजवादीको मत २ हजार ३४५ मत रहेको छ । बाँकी दलले १२ हजार १६६ मत पाएका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भने कांग्रेस तीन जित र ४८ अग्रतासहित पहिलो स्थानमा छ । एमाले एक जित र ३८ अग्रतासहित पछ्याइरहेको छ । माओवादी केन्द्रले १२ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ स्थानमा अग्रता कायम गरेका छन्