Logo
१२ वैशाख २०८१, बुधबार

कञ्चनपुर- ३ मा करिब ४ हजार मतान्तरले रमेश लेखक अगाडि

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०२:११ मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक अग्रता कायम गरेका छन्।

 

पछिल्लो मतपरिणामअनुसार १८ हजार १९० मत गणना हुँदा कांग्रेस उम्मेदवार लेखकले ९ हजार ३२४ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन‍।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरुदेवी पालले ५ हजार ३९५ मत ल्याएकी छन्। लेखक ३ हजार ९२९ मतान्तरले पालभन्दा अगाडि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहार ८७३ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार दिपकबहादुर सिंहले ४६४ मत पाएका छन्।