Logo
१४ असार २०८३, आईतबार

समानुपातिकमा एमालेले कटायो एक लाख मत

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०४:११ मा प्रकाशित

६ मंसिर,काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म एमालेले १ लाख १ हजार ६६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८७ हजार २२५ मत प्राप्त गरेको छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४६ हजार ३५२ मतसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३८ हजार २८८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार ९९८ मत ल्याएको छ। योसँगै प्रदेश एक, बागमती र गण्डकी प्रदेशतर्फको समानुपातिकमा पनि एमाले अगाडि रहेको छ। मधेस प्रदेश र बागमती प्रदेशमा काँग्रेस अगाडि रहँदा कर्णाली प्रदेशमा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

समानुपातिक तर्फ प्रतिनिधिसभामा ११० र सातै प्रदेशमा गरी २ सय २० सिट रहेको छ। आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १४३ क्षेत्रमा मतगणना जारी रहेको छ।