Logo
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली अगाडि

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार ०८:११ मा प्रकाशित

काठमाडौं। काठमाडौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन्।

पराजुलीले ५ हजार ६ सय ६९ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्।

कूल २३ हजार ८७ मतगणना हुँदा दोस्रो मत नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ४ हजार ३ सय ९२ र लोकतान्त्रिक–वाम गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ३ हजार ९ सय ५४ मत प्राप्त गरेकी छन्।

काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।