Logo
१६ चैत्र २०८०, शुक्रबार

गुल्मीमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०९:११ मा प्रकाशित

७ मंसिर, अर्घाखाँची । गुल्मीको सत्यवती ३ कुढडाँमामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ४ जना घाइते भएका छन् । दुर्घटनामा परि गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

ठुलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप गएराति २ बजे समयमा एक्कासी ब्रेक फेल भइ सडकबाट २ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्वाङ खैरेनी ईलाका प्रहरी कार्यालय बाट प्रहरीको टोली अहिले घटनास्थल जाँदै छ । ईलाका प्रहरी कार्यालयबाट घटनास्थल ३२ किलोमिटर टाढा रहेको छ ।

रातिको समयमा दुर्घटना भएकाले उद्दारमा समस्या भएको थियो । दुर्घटना भएको आज बिहान मात्र स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।