Logo
८ वैशाख २०८१, शनिबार

चितवन-२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०९:११ मा प्रकाशित

७ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका छन् ।

३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत ल्याउँदा एमालेका पोखरेल ७ हजार ८७० मतान्तरले पछाडि परेका छन् । उनले ६ हजार ९४१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् । श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार हुन् ।