Logo
१५ चैत्र २०८०, बिहीबार

श्रममन्त्री कुँवर अछाम १ बाट फराकिलो मतान्तरले विजयी 

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार ०९:११ मा प्रकाशित

अछाम १ बाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा ४,४८९ मत बढी ल्याएर उनी विजयी भएका हुन् ।

नेकपा (एकिकृत समाजवादी) का नेतासमेत रहेका कुँवरले १९,५३४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका झपट बोहराले १५,०४५ मत पाएका छन् ।

कुँवर नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । सो क्षेत्रबाट एमाले नेता भीम रावलले निर्वाचन जित्दै आएका थिए ।

तर, एमाले अध्यक्ष केपी ओलीले रावललाई टिकट नदिदा कुँवरले सहज जित निकालेका हुन् ।