Logo
१६ चैत्र २०८०, शुक्रबार

इलाम– १ मा मतगणनामा विवाद, १० घण्टादेखि रोकियो

अक्षरपाटी
२०७९ मंसीर ७ , बुधबार १०:११ मा प्रकाशित

काठमाडौँ — इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।

मंगलबार राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि परेका थिए । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।