Logo
१५ मंसीर २०७९, बिहीबार

तनहुँ-१ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार १०:११ मा प्रकाशित

८ मंसिर, मंसिर । तनहुँ(१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पौडेले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ(१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।