Logo
३० वैशाख २०८२, मंगलबार

प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार ०२:११ मा प्रकाशित

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हालसम्म सार्वजतिक ७८ स्थानको मतपरिणामअनुसार सबैभन्दा पहिलो दलका रुपमा काग्रेस देखिएको छ।
अहिलेसम्मको नतिजाअनुसार कांग्रेसले २९ स्थानमा जित हात पारेको छ। त्यस्तै प्रत्यक्षमा नेकपा एमाले १७ सिटसहित दोस्रो स्थानमा छ। ८ स्थानमा जित हात पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा छ भने एकीकृत समाजवादी ७ सिटसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा विजयी हुँदै पाँचौ स्थानमा छ। तीन स्थानमा जित्दै राप्रपा छैठौँ स्थानमा छ ।
लोसपाले अहिलेसम्म २ स्थानमा र नेमकिपा, जसपा, जनमत, जनमोर्चा, नागरिक उन्मुक्ति र स्वतन्त्र १–१ स्थानमा विजय प्राप्त गरेका छन्। निर्वाचन आयोगको अध्यावधि तथ्यांक अनुसार प्रतिनिधिसभातर्फ समानुपातिकमा भने नेकपा एमाले पहिलो स्थानमा छ। नेकपा एमाललेले अहिलेसम्म ५ लाख ६७ हजार ८२० पाएको छ।
समानुपातिकतर्फ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले ५ लाख ४१ हजार ९ मत पाएको छ। प्रत्यक्षतर्फ पाँचौ स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ भने तेस्रो स्थानमा छ । स्वतन्त्र पार्टीले २ लाख ८९ हजार ६७० मत पाएको छ। माओवादी केन्द्र २ लाख ५९ हजार २०२ मतसहित चौथो स्थानमा छ । राप्रपाले १ लाख ५५ हजार ५७४ मतसहित पाँचौ स्थानमा देखिएको छ।
सत्ता गठबन्धन दल एकीकृत समाजवादी भने जम्मा ३६ हजार ९४० मत ल्याएर १० औँ स्थानमा छ।