Logo
१६ चैत्र २०८०, शुक्रबार

कैलाली–४ : गठबन्धनको ‘क्लिन स्विप’

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार ०४:११ मा प्रकाशित

कैलाली, ८ मंसिर। कैलालीको ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वीरबहादुर बलायर मात्रै विजयी भएनन् यो क्षेत्रको प्रदेशसभामा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रदेशसभा (क) र (ख) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका छन्।

प्रदेशसभा (क) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे। देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (ख) मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भए। बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरे।

यो क्षेत्रमा नेकपा एमालेका लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति बलायर निर्वाचित भएका छन्।

बलायरले २६ हजार एक सय ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरेका छन्।

कैलाली