Logo
१३ वैशाख २०८१, बिहीबार

चितवन १ मा पनि उदायो राष्ट्रिय स्वतन्त्र पार्टी

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार ०४:११ मा प्रकाशित

चितवन, ८ मंसिर। चितवन बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्।

नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय आठ मत प्राप्त गरे।

नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो। यसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका छन्।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन्।

खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी हरि ढकाल