Logo
१६ मंसीर २०७९, शुक्रबार

कुन पार्टीका को–को विजयी ?

अक्षरपाटी
२०७९ मंसीर ९ , शुक्रबार ०६:११ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय १०० स्थानमा मतगणना जारी छ।

तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन। स्याङ्जा निर्वाचन क्षेत्र नं २, बाजुरा निर्वाचन क्षेत्र नं १ र दोलखा निर्वाचन क्षेत्र नं १ मा अझै मतगणना सुरु भएको छैन।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १०० भन्दा बढी निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।

अहिलेसम्म कांग्रेस ३५, नेकपा एमाले २४, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ९, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र बाँकी अन्य पार्टी तथा स्वतन्त्रले  जित हात पारेका छन्।

जारी मतगणनामा कांग्रेसले २१, एमालेले २३, माओवादी केन्द्रले ७, राष्ट्रिय स्वतन्त्र पार्टी १, एकीकृत समाजवादी १ र जनता समाजवादीले पाँच÷पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दुई÷दुई निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ।

कांग्रेसबाट झापा १ मा विश्वप्रकाश शर्मा, ओखलढुङ्गा–१ मा रामहरि खतिवडा, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, सिन्धुली १ मा श्यामकुमार घिमिरे, रसुवा १ मा मोहन आचार्य, काठमाडौँ १ मा प्रकाशमान सिंह, काठमाडौँ ३ मा सन्तोष चालिसे र काठमाडौँ ४ मा गगनकुमार थापा निर्वाचित भएका छन्।

काठमाडौँ १० मा राजेन्द्रकुमार केसी, भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री, ललितपुर १ मा उदय शम्शेर राणा, मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, म्याग्दी १ मा खमबहादुर गर्बुजा, सुर्खेत २ मा हृदयराम थानी, अछाम २ मा पुष्पबहादुर शाह, दार्चुला १ मा दिलेन्द्रप्रसाद बडू र डडेल्धुरा १ मा शेरबहादुर देउवा विजयी भएका छन्।

त्यस्तै कञ्चनपुर ३ बाट रमेश लेखक, २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर निर्वाचित भएका छन्।

एमालेबाट ताप्लेजुङ १ मा योगेशकुमार भट्टराई, झापा १ मा केपी शर्मा ओली, धनकुटा १ मा राजेन्द्रकुमार राई, सोलुखुम्बु १ मा मानवीर राई, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, सिरहा १ मा रामशङ्कर यादव, पर्सा २ मा राजकुमार गुप्ता, ललितपुर ३ मा प्रेमबहादुर महर्जन, कास्की २ मा विद्या भट्टराई, पर्वत १ मा पदम गिरी, गुल्मी २ मा गोकर्णराज विष्ट, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी, प्यूठान १ मा सूर्यबहादुर थापा र बाँके १ मा सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन्।

माओवादी केन्द्रबाट खोटाङ १ मा रामकुमार राई, सिन्धुली २ मा लेखनाथ दाहाल, गोरखा २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, रुकुमपूर्व १ मा पूर्णबहादुर घर्ती मगर, रोल्पा १ मा वर्षमान पुन र जाजरकोट १ मा शक्तिबहादुर बस्नेत विजयी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन २ रवि लामिछाने, काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, चितवन १ हरि ढकाल र ललितपुर ३ मा तोसीमा कार्की विजयी भएका छन्।

एकीकृत समाजवादीबाट रौटहट १ मा माधवकुमार नेपाल, दैलेख १ मा अम्मरबहादुर थापा, अछाम १ मा शेरबहादुर कुँवर, बझाङ १ मा भानुभक्त जोशी र डोटी १ मा प्रेमबहादुर आलेलगायत निर्वाचित भएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ३ मा राजेन्द्रप्रसाद लिङ्देन, बाँके २ मा धवलशम्शेर राणा र जुम्ला १ मा ज्ञानबहादुर शाही, मकवानपुर १ बाट दिपकबहादुर सिंह , लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्लाही १ मा रामप्रकाश चौधरी र रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ल निर्वाचित हुनुभएको छ ।

जनता समाजवादी पार्टीबाट पर्सा १ मा प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा प्रेम सुवाल, जनमत पार्टीबाट सप्तरी २ मा चन्द्रकान्त राउत, मोरङ ५ मा स्वन्तन्त्र उम्मेदवार योगेन्द्र मण्डल, रौतहट ३ मा प्रभू साह र बर्दिया २ मा लालवीर चौधरी विजयी भएका छन्। यसबाहेक पनि निर्वाचित भइसकेका तर निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गरिनसकेका उम्मेदवारहरु छन्।

निर्वाचन