Logo
१३ वैशाख २०८१, बिहीबार

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

अक्षरपाटी
२०७९ मंसीर ८ , बिहीबार १०:११ मा प्रकाशित

सुर्खेत। सुर्खेत १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन्।

खड्का ४२ हजार ६ सय सात मत प्राप्त गरी विजय भएका हुन्।
उनले एमालेका ध्रुवबहादुर शाहीलाई ११ हजार ६ सय १९ को मतान्तरले पराजित गरेका हुन्।

खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे।

विसं ०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट ०४८, ०५१, ०५६ र ०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

पूर्णबहादुर खड्का