Logo
१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेस अगाडि, एमाले पछिपछि

अक्षरपाटी
२०७९ मंसीर ९ , शुक्रबार १०:११ मा प्रकाशित

काठमाडौं ९ मंसिर। प्रतिनिधिसभा प्रत्यक्षतर्फ हालसम्म मतगणना भएको १ सय १९ स्थानको नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक नतिजाअनुसार कांग्रेसले ४० स्थानमा जित निकाल्दा १२ स्थानमा अग्रता लिइरहेको छ । असअघिको पहिलो दल नेकपा एमालेले ३० स्थानमा जित निकालेको छ भने १७ स्थानमा अग्र स्थानमा छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्र १२ स्थानमा जित र ६ स्थानमा अगाडि देखिएको छ। नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ५ तथा जसपा, लोसपा, र नागरिक उन्मुक्ति पार्टीले दुई दुई स्थानमा जित हात पारेको छ।

बाजुरा, दोलखा र स्याङ्जा २ बाहेक अन्य १ सय ६२ स्थानमा गणना भएको हो। गणना भइरहेका प्रतिनिधिसभातर्फ अब ४३ स्थानको परिणाम आउन बाँकी छ। प्रदेशसभातर्फ अहिलेसम्म ३ सय ३० स्थानमध्ये २ सय १६ स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

समानुपातिकमा एमाले अगाडि

नेपाल एमाले
१०२८५७३

नेपाली काँग्रेस
९८५३७५

राष्ट्रिय स्वतन्त्र पार्टी
४८८११३

माओवादी केन्द्र
४४९९४९

राष्ट्रिय प्रजातन्त्र पार्टी
२६२५३४

जनता समाजवादी पार्टी
१२९५५४

जनमत पार्टी
७७३०७

एकीकृत समाजवादी
७२६३९

नागरिक उन्मुक्ति पार्टी
७०६१५