Logo
८ वैशाख २०८१, शनिबार

प्रतिनिधिसभा प्रत्यक्षतर्फ १४६ स्थानको नतिजा सार्वजनिक, कांग्रेस पहिलो

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार ०९:११ मा प्रकाशित

काठमाडौं १० मंसिर। प्रतिनिधिसभा प्रत्यक्षतर्फ हालसम्म मतगणना भएको १ सय ६२ क्षेत्र मध्ये १ सय ४६ स्थानको नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक नतिजाअनुसार कांग्रेसले ४९ सिटमा जित हासिल गरेको छ। कांग्रे। अहिले ५ स्थानमा अग्रता लिइरहेको छ ।

हालसम्म सार्वजनिक नतिजाअनुसार नेकपा एमालेले ३८ स्थानमा जित निकालेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १६ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि छ।

नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित र एक स्थानमा अग्रता बनाइरहेको छ। राप्रपाले ६ स्थानमा जित निकालेको छ भने एक स्थानमा अगाडि छ।

जसपा ५ स्थानमा जितेको छ भने एक स्थानमा अगाडि छ। त्यस्तै लोसपा ४ क्षेत्रमा जितेको छ। नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ।

बाजुरामा आज निर्वाचन हुँदैछ। भने दोलखा र स्याङ्जाको मत गणना हुन बाँकी छ।

निर्वाचन