Logo
१४ वैशाख २०८१, शुक्रबार

देउवा–दाहाल भेटवार्ता

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार ०८:११ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ।