Logo
१५ चैत्र २०८०, बिहीबार

फुटबल महाकुम्भ : क्यामरुनसँग बराबरीमा रोकियो सर्विया

अक्षरपाटी
२०७९ मंसीर १२ , सोमबार ०६:११ मा प्रकाशित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा अन्तर्गत समूह ‘जी’ मा सर्विया क्यामरुनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ।

अल जानोउब रंगशालामा भएको खेलमा २९औं मिनेटमा जिन कार्लेसले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सर्वियाका स्ट्राहिन्जा पाब्लोभिकले गोल फर्काउँदै बराबरी बनाए।

त्यसको एक मिनेट नबित्दै सर्जेज मिलिनकोभिकले गोल गर्दै सर्वियालाई २–१ को अग्रता दिलाए।

खेलको ५३औं मिनेटमा एकेक्सानेडर मिट्रोभिकले सर्वियाका लागि तेस्रो गोल गरे।

दुई गोलले पछि परेको क्यामरुन आक्रामक शैलीमा प्रस्तुत भयो। खेलको ६३औं मिनेटमा क्यामरुनका लागि भिन्सेन्ट एबोउबाकरले दोस्रो गोल गरे।

त्यसको तीन मिनेट नबित्दै इरिक माक्सिम चोउप माटिङले क्यामरुनका लागि उत्कृष्ट बराबरी गोल फर्काए।

बराबरीसँगै क्यामरुन र सर्वियाले समूह ‘जी’ मा एक÷एक अंक जोडेका छन्।

पहिलो खेलमा क्यामरुन स्विट्जरल्यान्डसँग १–० गोलको नतिजामा हारेको थियो। सर्विया ब्राजिलसँग २–० गोलको नतिजमा पराजित भएको थियो।