Logo
१४ वैशाख २०८१, शुक्रबार

नेयमारविनाको ब्राजिल नकआउट चरणमा

अक्षरपाटी
२०७९ मंसीर १२ , सोमबार ११:११ मा प्रकाशित

काठमाडौं । स्टार स्ट्रायकर नेयमारविना मैदानमा उत्रिएको ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १–० गोलले पराजित गर्दै ब्राजिल विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ब्राजिलले गोल गर्यो । ब्राजिलको जितमा खेलको एक मात्र निर्णायक गोल कासेमिरोले गरे ।

उनले खेलको ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गरेका हुन् । यससँगै ब्राजिलले लगातार दोस्रो जित निकालेको छ ।

समूह जीमा रहेको ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलले पराजित गरेको गियो । दुई खेल जितेको ब्राजिल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

पराजित स्विट्जरल्यान्ड तीन अंकसहित दोस्रो स्थानमा छ । अब ब्राजिलले समूहको अन्तिम खेल शनिबार राति क्यामरुनसँग खेल्ने छ ।