Logo
८ वैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशसभा सदस्यका अधिकांस नयाँ अनुहार

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०९:११ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा यो पटक अधिकांस नयाँ अनुहार निर्वाचित भएका छन्।

कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामीसहित ११ नयाँ अनुहार हुन्।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका रमेश धामी कैलाली, खगराज भट्ट डडेलधुरा, शिवसिंह ओली डोटी, ओमविक्रम भाट कञ्चनपुर, भीम भण्डारी बझाङ र झपटबहादुर साउद अछाम नयाँ हुन। सो पार्टीका प्रदेशसभामा आठ जना निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन्।

एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी नयाँ हुन।

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी डडेलधुरा पनि नयाँ हुन।

प्रदेशसभामा ५३ सदस्य छन्। प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ।

प्रदेशसभा सुदूरपश्चिम