Logo
७ वैशाख २०८१, शुक्रबार

नवनिर्वाचित सांसद तोसिमा सडकको दुरावस्थाबारे बुझ्न आयोजनाको कार्यालयमा

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०८:११ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा ललितपुर ३ बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले संसद भवन प्रवेश नगर्दै विकास निर्माणबारे चासो लिएर सडक अयोजनाको कार्यालय पुगेकी छन्।

उनीे ललितपुरको नख्खु भैँसेपाटी सडकखण्डको निर्माण अवस्थाबारे बुझ्न मंगलबार सडक विस्तार आयोजनाको कार्यालय पुगेकी हुन्। उनले त्यहाँ पुगेर नख्खु भैँसेपाटी सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे आयोजना प्रमुख कृष्ण ओझासँग चासो राखेको बताएकी छन्।

बिगत लामो समयदेखि निर्माण अवरुद्ध नख्खु भैँसेपाटी सडक धुलाम्य अवस्थामा छ।

यस सडकले स्थानीय बासिन्दाको स्वास्थ्यमा असर गर्ने मात्र होइन खाल्डाखुल्डीले गर्दा दिनहुँ दुर्घटना हुने गर्छ।

त्यही विषयमा आफूले सोधखोज गरेको नवनिर्वाचित सांसद कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्। त्यस क्रममा आफूहरुले निर्माणकर्ता ठकेदारबारे पनि जानकारी लिएको र आफैँले ठेकेदार अनि ईन्जिनियरलाई फोन गरेर अब ढिलासुस्ती र आनाकानी नगर्न सुझाव दिएको पनि उनले उल्लेख गरेकी छन्।

अब उप्रान्त स्थलगत भ्रमण गर्नेदेखि निरन्तर फलोअप, अपडेट र समन्वयमा आफ्रहरुको टिम लागिरहने पनि उनले बताएकी छन्।