Logo
१२ वैशाख २०८१, बुधबार

बाजुरा र स्याङजामा मतगणना गर्ने आयोगको निर्णय

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०२:११ मा प्रकाशित

काठमाडौं। निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेको छ। मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको हो।

आयोगको आज बसेको बैठकले दलहरुको पुनः मतदानको मागलाई अस्वीकार गर्दै मतगणना गर्ने निर्णय गरेको हो। नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको थिएन।

निर्वाचन आयोगले दुवै क्षेत्रमा अध्ययनका लागि टोली पठाएको थियो। टोलीले निर्वाचन गर्ने या मतगणना भन्ने विषयमा स्पस्ट सिफारिस नगरेपछि थप अन्योल बढेको थियो।

तर आयोगको आजको बैठकले दुवै क्षेत्रमा मतगणना गर्ने निर्णय गरेको हो।