Logo
२९ पुस २०८१, सोमबार

गगन थापाले भने : संसदीय निर्वाचनमा केन्द्रित भइसकेँ

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०५:११ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू संसदीय दलको निर्वाचनमा होमिइसकेको बताएका छन्।

अबको प्रधानमन्त्रीका रुपमा दाबी गरिरहेका थापाले आफू पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा लागिसकेको बताएका हुन्।

महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘भोलिसम्म म मतदातालाई धन्यवाद दिने कार्यक्रममा व्यस्त हुन्छ, त्यसपछि सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा छु।’

उनले केही दिनभित्रै नयाँ मन्त्रिपरिषद् बन्ने बताउँदै अब संसद र मन्त्रिपरिषदमा महिला सहभागिता बढाउन निर्वाचन कानुन बदल्नुपर्ने बताए।

प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि ३३ प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने कानुन बनाउनुपर्ने उनले बताए। महामन्त्री थापाले ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्न ढिलाई गर्न हुँदैन, अब त्यसमा लाग्नुपर्छ।