Logo
१४ वैशाख २०८१, शुक्रबार

समानुपातिकतर्फ एमालेलाई २७ लाख मत, कांग्रेस दोस्रो, एकीकृत समाजवादी राष्ट्रिय दल बन्नै मुस्किल

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०९:११ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा छ।

हालसम्म एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार मत कटाएको छ।

नेपाली कांग्रेसले २५ लाख ८५ हजार मत पाएको छ भने माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार मत कटाएको छ।

त्यस्तै जनता समाजवादी पार्टीले चार लाख आठ हजार, प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीले तीन लाख ७६ हजार मत पाएको छ भने १० सिट जितेको एकीकृत समाजवादीले दुई लाख ९० हजार मात्रै मत कटाएको छ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजारभन्दा बढी मत प्राप्त गरेका छन्।

प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश नं १ मा एमालेले ६ लाख २९ हजार, कांग्रेसले पाँच लाख २९ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९० हजार, माओवादी केन्द्रले एक लाख ७७ हजार मत कटाएको छ।

मधेसमा कांग्रेसले तीन लाख ८६ हजार, एमालेले तीन लाख ४३ हजार, जनमत पार्टीले तीन लाख सात हजार, जसपा नेपालले दुई लाख ८७ हजार, माओवादी केन्द्रले एक लाख ७८ हजार, एकीकृत समाजवादीले एक लाख १२ हजार र लोसपा नेपालले एक लाख १० हजार मत प्राप्त गरेका छन्।

बागमतीमा एमालेले पाँच लाख ५४ हजार, कांग्रेसले चार लाख ६३ हजार, माओवादी केन्द्रले दुई लाख ६९ हजार र राप्रपाले दुई लाख ६६ हजार, गण्डकी प्रदेशमा एमालेले तीन लाख ४० हजार, कांग्रेसले तीन लाख १७ हजार र माओवादी केन्द्रले एक लाख १५ हजार मत कटाएका छन्।

लुम्बिनीमा एमालेले पाँच लाख ७० हजार, कांग्रेसले चार लाख ९९ हजार, माओवादीले एक लाख ९८ हजार, राप्रपाले एक लाख २७ हजार र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार मत कटाएको छ।

कर्णालीमा एमालेले एक लाख ८३ हजार, कांग्रेसले एक लाख ७० हजार र माओवादीले एक लाख ३७ हजार तथा सुदूरपश्चिममा एमालेले दुई लाख ४८ हजार, कांग्रेसले दुई लाख ४३ हजार र माओवादी केन्द्रले एक लाख १८ हजार मत प्राप्त गरेका छन्।

समानुपातिक मत