Logo
१३ वैशाख २०८१, बिहीबार

बैतडीमा युवतीको हत्या, एक किशोरी घाइते

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार १०:११ मा प्रकाशित

बैतडी। बैतडीमा आज एक युवतीको हत्या भएको छ। हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको हो।

अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छन्। पञ्चेश्वर गाउँपालिका ४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो।

मायाको शव आज दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटिएको अवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर रेटी गम्भीर घाइते अवस्थामा भेटिएकी छन्।

घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा नेहा फेला परेको निरीक्षक जोशीले जानकारी दिए।

हत्या गरिएकी लुहार म्यादी प्रहरी भएको बताइए पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।