Logo
१२ वैशाख २०८१, बुधबार

यसैगरी चले अर्थतन्त्रमा आपतकालीन अवस्था आउन सक्छ : महामन्त्री थापा

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार ११:१२ मा प्रकाशित

काठमाडौं १५ मंसिर। कांग्रेस महामन्त्री गगन थापाले यथास्थितिमा चलिरहने हो भने अर्थतन्त्रमा आपतकालीन अवस्था आउनसक्ने बताएका छन्।

आर्थिक पत्रकार समाज सेजनको २६ औँ वार्षिकोत्सवमा बोल्दै नवनिर्वाचित सांसद थापाले सरकारको आगामी नेतृत्वले यसमा सचेत हुनुपर्ने बताए।

उनले भने, ुअर्थतन्त्र यथास्थितिमा चल्दैन, आपतकालीन अवस्था आउन सक्छ भन्ने स्वीकारेर काम गर्नुपर्ने अवस्था छ।ु

उनले हालै सम्पन्न निर्वाचनमा जसरी खटियौँ, अब त्यसरी नै अर्थतन्त्र सुधारका लागि काम गर्नुपर्ने अवस्था आएको बताए।

Gagan Thapa गगन थापा