Logo
८ वैशाख २०८१, शनिबार

११ महिनामा पाँच लाख ४९ हजार पर्यटक

अक्षरपाटी
२०७९ मंसीर १६ , शुक्रबार ०७:१२ मा प्रकाशित

काठमाडौं १६ मंसिर। पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार ६ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार ६ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल आएका छन्।

अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए। अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

त्यस्तै अगष्टमा ४१ हजार तीन सय ४, जुलाइमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार ६, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन्। अमेरिकाबाट सात हजार आठ सय ३१, बेलायतबाट पाँच हजार एक सय ६५ र अष्ट्रेलियाबाट तीन हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन्।

यस्तै बंगलादेशबाट दुई हजार दुई सय १८, थाइल्यलाण्डबाट दुई हजार चार सय ४१ पर्यटक आएका छन्।