Logo
१४ असार २०८३, आईतबार

बाजुरा प्रदेशसभा (क) मा एकीकृत समाजवादी र (ख) मा एमाले अगाडि

अक्षरपाटी
२०७९ मंसीर १६ , शुक्रबार ०४:१२ मा प्रकाशित

बाजुरा । बाजुरा प्रदेशसभा १(क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार एकीकृत समाजवादीका उम्मेदवार शाहीले ३७४३ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका बलदेव रेग्मीले २३८३ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। यस्तै प्रदेशसभा (ख) मा एमालेका लालबहादुर थापा अगाडि छन्। थापाले ३४५४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले २५५४ मत प्राप्त गरेका छन्।

यस्तै प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे एमालेका कर्ण थापाभन्दा अघि छन्।