Logo
२० वैशाख २०८१, बिहीबार

स्याङ्जा २ मा एमाले बडारियो, धनराज गुरुङ निर्वाचित

अक्षरपाटी
२०७९ मंसीर १७ , शनिबार १०:१२ मा प्रकाशित

स्याङजा, १७ मंसिर। स्याङ्जा २ मा नेकपा एमालेकी उम्मेदवार पदमा अर्याललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्।

आज राति सकिएको मतगणना अनुसार गुरुङले ३१ हजार ४ सय ६६ मत पाएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनीहरुबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार एक सय १३ मत ल्याएका छन्। १ लाख १६ हजार ६ सय ७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो।

०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भए पनि यसपटक भने उनी पराजित भएकी हुन्।

०७४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले हराएकी थिइन्।

यसपटक सोही क्षेत्रमा गोपालमानले अर्याललाई हराएका हुन्। मतदान सकिएपछि अर्यालकै आपत्तिका कारण १० दिन ढिलो गरी स्याङजा २ मा मतगणना सुरु भएको थियो।

उनले मतदानका क्रममा नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरेकी थिइन्। निर्वाचन आयोगले १४ मंसिरमा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना सुरु गर्न आदेश दिएको थियो।

स्याङ्जा २ को दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि एमालेलाई क्लिनस्विप गर्दै कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। स्याङ्जा २ (क) बाट भोजराज अर्याल र (ख) बाट महेश भट्टराई निर्वाचित भएका हुन्।

धनराज गुरुङ पदमा अर्याल