काठमाडौं । ब्राजिलीयन महान फुटबलर पेलेको स्वास्थ्यमा गम्भीर आएको छ । स्वास्थ्यमा समस्या आएपछि ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए ।
आन्द्राको क्यान्सरबाट पीडित उपचारारत पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेको ब्राजिली सन्चारमाध्यमले जनाएकका छन् ।
उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो ।
तीनपटकका विश्वकप विजेता पेलेको शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो ।
उनलाई पेल्लिएटिम केयरमा राखिएका कारण आवश्यक परीक्षण र उपचार प्रक्रिया सन्चालन हुन नसकेको जनाइएको छ ।
सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि उचालेका पेलेले ब्राजिलका लागि ९२ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन् ।