Logo
२१ वैशाख २०८१, शुक्रबार

चन्द्रागिरिमा सडकबत्ती जडान सुरु

अक्षरपाटी
२०७९ मंसीर २१ , बुधबार १०:१२ मा प्रकाशित

चन्द्रागिरि। चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ। ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो।

चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती सडकबत्ती जडान थालिएको हो।

नगरपालिकाले गत आवमा मुख्य राजमार्ग कलंकी–नागढुंगा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो।

नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन दिनसमेत नगरबासीलाई आह्वान गरेको छ।

सो नगरपालिकाले सडकबत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिकस्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान पनि चाँडो सुरु गरिने जनाएको छ।

नगरपालिकाले यसका लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रियालाई चाँडो अगाडि बढाइने जनाएको छ।

जिपिएस र जिआइएस प्रणालीको नगर प्रोफाइलअन्तर्गत वडा र नगरपालिकाको प्रविधिमैत्री सेवा लिन यो निःशुल्क वाइफाइ सुविधाले मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ।

चन्द्रागिरि