Logo
१६ चैत्र २०८०, शुक्रबार

रवि लामिछानेको चुनाव खर्च ११ लाख ८१ हजार

अक्षरपाटी
२०७९ मंसीर २३ , शुक्रबार १०:१२ मा प्रकाशित

काठमाडौं २३ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानले ११ लाख ८१ हजार चार सय ७२ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेका हुन।

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए।

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए।

लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैँ उपस्थित हुने बताउँदै आएका छन्।

चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका कार्यालयले जानकारी दिएको छ।

रवि लामिछाने