Logo
१३ वैशाख २०८१, बिहीबार

स्कूल बसको ठक्करबाट बझाङका रतेलाको मृत्यु

अक्षरपाटी
२०७९ मंसीर २५ , आईतबार ०४:१२ मा प्रकाशित

काठमाडौं। स्कुल बसले ठक्कर दिँदा बझाङको जयपृथ्वी नगरपालिका कोटेली ५ निवासी सशस्त्र प्रहरी बलमा कार्यरत सुवासचन्द्र रतेलाको ज्यान गएको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा २९ वर्षीय रतेलाको ज्यान गएको हो ।बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना१क १६१२ नम्बरको बसले रतेला सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

उनको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए। बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ।