Logo
१३ वैशाख २०८१, बिहीबार

समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन पत्राचार

अक्षरपाटी
२०७९ मंसीर २५ , आईतबार ०५:१२ मा प्रकाशित

काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित पत्राचार गरेको छ।

रोल

ती दलहरूले मंसिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्ने आज गरेको पत्राचारमा उल्लेख छ।

प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न मंसिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए। पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ।

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले मंसिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो।

निर्वाचन आयोग