Logo
१३ माघ २०७९, शुक्रबार

जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु

अक्षरपाटी
२०७९ मंसीर २६ , सोमबार ०९:१२ मा प्रकाशित

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा दुर्घटना भएको हो।

कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ।

दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा परेको हो। ज्यान गुमाउने धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ।

दुर्घटनामा तीन जना गंभिर घाइते भएका छन् । घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको स्थानीय प्रेम रावतले जानकारी दिए । घटनको विस्तृत विवरण आउन बाँकी छ।

Accident