Logo
७ वैशाख २०८१, शुक्रबार

चन्दाबाट ८० लाखमा संग्रहालय

अक्षरपाटी
२०७९ मंसीर २७ , मंगलबार ०३:१२ मा प्रकाशित

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा चन्दा जुटाएर संग्रहालय स्थापना भएको छ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरु लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्यले संग्रहालय स्थापना भएको हो।

८० लाख रुपैयाँ खर्चेर स्थापना भएको संग्रहालयमा सरकारी निकायको १३ लाख र बाँकी लगानी चन्दाबाट जुटाइएको हो । दैनिक जीवन, रितिरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर संग्रहालयमा राखिएको छ। पोशाक, हात हतियार, भाँडा, गहना, पुस्तक र धातुका सिक्काहरु अवलोकन गर्न सकिन्छ।

परम्परागत शैली र प्रबिधिको प्रयोग गरेर निर्माण गरिएको दुई तले भवनमा सामग्रीहरु सजावट गरेर राखिएको छ। ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने गरी भवन निर्माण गरिएको छ ।