काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गरेको छ।
आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम तीन सातापछि सार्वजनिक गरेको हो।
प्रतिनिधिसभा तर्फ १६५ प्रत्यक्ष र समानुपातिकतर्फ ११० सिट तथा प्रदेशसभा तर्फ ३३० र २२० सिटको परिणाम सार्वजनिक गरेको हो । आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने भएको छ ।
पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए। प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित गरिने प्रमुख आयुक्त थपलियाले बताए।