Logo
१६ कात्तिक २०८२, शनिबार

पुष्प र समरिकाको ‘सहरमा एउटा हल्ला’

अक्षरपाटी
२०७९ मंसीर २८ , बुधबार ०३:१२ मा प्रकाशित

काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतका शब्द डा राजुबाबु श्रेष्ठले लेखेका हुन् भने संगीत अनिश श्रेष्ठको रहेको छ। प्रेमिल शैलीको गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समरिका ढकाल बीचको स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।