Logo
१४ वैशाख २०८१, शुक्रबार

बढ्यो जुम्ली स्याउको उत्पादन, तर बजारकै चिन्ता

अक्षरपाटी
२०७९ मंसीर २९ , बिहीबार ०१:१२ मा प्रकाशित

जुम्ला। बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन।

अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लग्ने गरेका छन्। केही किसानले उचित मूल्य पाइने आशामा मंसिर र पुससम्म पनि स्याउ भण्डारण गरेर राख्ने गरेका छन्।

सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा रााखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाएका छैनन्।

उनले भने, “वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन।” बजारीकरण गर्न नसक्दा घाटा बेहोर्नुपरेको रावलको भनाइ छ।

जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन्।

उनले भनिन्, “स्याउ खरिद गर्नेको सङ्ख्या कम छ। घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ।”

स्याउ उत्पादन बढ्यो

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ। जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए।

गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

यसअघि व्यवसायीले प्रतिकिलो ५० देखि ५५ मा स्याउ खरिद गरी ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए। तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए।

जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ।

“मैले प्रतिकिलो ५० मा स्याउ किनेर ढुवानी खर्चसहित ६० मा नेपालगञ्ज पु¥याए। तर प्रतिकिलो ३० मा बिक्री गर्न बाध्य भएँ।”

कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ

जुम्ली स्याउ